२९ आश्विन २०८३, बिहिबार

हिरोइनसँग मिनेन्द्रको विशेष आकर्षण !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra Rijal

काठमाडौं, १७ असार । विदेशमा बसोबासको अनुमति लिएका सरकारी कर्मचारीलाई जोगाउन जतिसुकै शक्ति प्रयोग गरेपनि सञ्चारमन्त्री मीनेन्द्र रिजालको केही लागेन ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने प्रावधानसहितको प्रावधान राखेर निजामती ऐन संशोधन गरी संसदमा पुर्‍याइसकेका छन् ।
तर, आफ्नो मन्त्रालय मातहतमा भने रिजालले मनलागी गरेको भन्दै कांग्रेसकै नेता कार्यकर्ताहरू उनीसँग रुष्ट हुन थालेका छन् । खासगरी मन्त्रालय मातहतका नियुक्तिको विषयलाई लिएर रिजालप्रति असन्तुष्टि बढ्दै गएको छ । करिब दुई महिना अघि चलचित्र विकास बोर्डमा उनले दुई सदस्य नियुक्त गरे । जसले धेरैलाई आश्चर्यमा पार्‍यो । जसमध्ये एक रुपा राना छिन् । उनी एक जमानाकी हिरोइन् हुन्, अमेरिकामा लामो समय बसेर हालै नेपाल फर्किएकी उनलाई अहिले धेरैले चिन्दैनन् ।

फिल्म क्षेत्रकी पुरानो नायिका भएपनि उनलाई फिल्म क्षेत्रको बारेमा त्यति ज्ञान छैन । उनीसँगै राजेन्द्र केसी नामक व्यक्ति पनि सदस्यमा नियुक्त भएका छन् । जसको नाम ९० प्रतिशत कलाकर्मीलाई नै थाहा छैन । अमेरिका छिर्नका लागि मन्त्रीलाई खुशी बनाएर उनले नियुक्ति पाएको खुलेको छ । त्यही पदको आडमा उनले अमेरिकन दुतावासबाट भिषा पाइसकेका छन् । मंगलबार उनी अमेरिका उड्न लागेका छन् । त्यस्तै सेन्सर बोर्डमा नियुक्तिलाई लिएर पनि चलचित्र क्षेत्रमा खैलाबैला मच्चिएको छ । नायिका मेलिना मानन्धरलाई उनले सेन्सर बोर्डमा नियुक्त गरेका हुन् । नायिका मानन्धरसँगको उनको पुरानो चिनजान होइन । उनको योगदान र अनुभवको मूल्याङकन गरेर पनि नियुक्र गरिएको होइन ।

स्रोतका अनुसार निर्देशक सुरेशदर्पण पोखरेलले मेलिनालाई केही समयअघि मन्त्री रिजाललाई भेटाउन लगेका थिए । त्यसको केही दिनमै उनी सेन्सर बोर्डमा नियुक्त भएकी हुन् । ‘मन्त्रीज्यूको महिलाप्रतिको आकर्षण बेजोड छ,’ सञ्चार मन्त्रालयका एक अधिकारी भन्छन्,‘महिलालाई अवसर दिनुपर्छ भनेर होइन, यसमा उहाँको अरु नै केही कारण छ जस्तो लाग्छ ।’

नायक राजेश हमालको बिहेको भोजमा पनि मन्त्री रिजाल नायिकाहरूसँग लगाव देखेर कार्यक्रममा उपस्थितहरू चकित भएका थिए । नायिका दीपाश्री निरौलालाई त उनले अंगालो हालेपछि धेरै कलाकर्मीले आश्चर्य मानेका थिए । त्यसको केही दिनमा नै मन्त्री रिजालले चलचित्र विकास बोर्डका अध्यक्ष पप्पु मर्बैतालाई फोन गरी जसरी पनि दीपालाई टेलिभिजनको एउटा अवार्ड दिलाउन दबाब दिएका थिए । चलचित्र विकास बोर्डको सिफारिसमा राष्ट्रपति डा।रामवरण यादबले सोमबार कलाकर्मीहरूलाई अवार्ड दिएका थिए । तर राजकिशोर यादबको पालामा नियुक्त भएका पप्पुले मिनेन्द्रको निर्देशन मानेनन् ।

आफ्नो पीएमा पनि उनले पत्रकारीता सिक्दै गरेकी एक युवतीलाई राख्न खोजेपछि कांग्रेस निकट पत्रकारले नै बिरोध गरेका थिए । युवतीहरूलाई मात्र प्राथमिकता दिने मन्त्री रिजालको बानीप्रति कांग्रेस निकट पत्रकाहरू हैरान भइसकेका छन् ।

(दृष्टि साप्ताहिकबाट)