१२ कार्तिक २०८३, बिहिबार

राष्ट्रपतिद्वारा भाइ डेगेन्द्रलाई टीका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandari-sital-Nibasकाठमाडौँ, २७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ः५५ बजेको भाइटीकाको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभएको छ ।

राष्ट्रपति भण्डारीले भाइलाई टिका लगाएर आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो भने उहाँका भाई डेगेन्द्र पाण्डेले सौभाग्य सामग्री र दक्षिणा प्रदान गरेर आशीर्वाद लिनुभयो ।

टीका थाप्नका लागि राष्ट्रपतिका भाई डेगेन्द्र राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नुभएको थियो ।

राष्ट्रपति भण्डारीलाई भने उहाँकी वहिनी सुशीला पाण्डेले सोही शुभसाइतमा मङ्गलधुनकाबीच टीका लगाइदिनुभएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले जानकारी दिनुभयो । रासस