१२ कार्तिक २०८३, बिहिबार

भारतद्वारा फेरि नेपाली भूमि कब्जा, सीमा स्तम्भ नं १७ नियन्त्रण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

कञ्चनपुर, २७ कात्तिक । दोधारा चाँदनी नगरपालिका– ७, कञ्चनभोजस्थित सीमा स्तम्भ नं १७ मुन्सीटोलमा भारतीय नागरिकले नेपाली भूमिमा आवादी गर्दै आएका छन् ।

स्थानीयवासीका अनुसार भारतीय पक्षले विगत लामो समयदेखि करिब तीन बिगाहा जग्गा नेपाली भूमि अतिक्रमण गरेर खेतीपाती गर्दै आएका छन् ।

दोधारा चाँदनी नगरपालिका कञ्चनभोजका स्थानीयवासीलाई पायक पर्ने सीमावर्ती बजार मेलाघाट भएको हुँदा दिनरात सीमावर्ती भारतीय बजार मेलाघाट आवतजावत गर्नैपर्ने भएको हुँदा उनीहरुले खुलेर सीमा अतिक्रमणको विरोध गर्न नसकेको बताएका छन् ।

स्थलगत भ्रमणका क्रममा करिब तीन बिगाहा नोमेन्सलेन्डलगायत नेपाली भूमि भोगचलन गर्दै आएको देखिएको नेकपा (एमाले) दोधारा चाँदनी गाउँ कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले बताउनुभयो ।

उहाँका अनुसार भारतको हेपाहा प्रवृत्तिका कारण दोधारा चाँदनीका विभिन्न स्थानमा सीमा समस्या आउने गरेको छ ।

“अहिले साम्य गर्न नसके भोलि यो जटिल विषय बन्छ । तसर्थ जग्गा अतिक्रमणको विषयलाई तत्कालै सरकारले ध्यान पुर्‍याउनुपर्छ” – स्थानीयवासी रामसिंह खड्काले भन्नुभयो ।

विगत लामो समयदेखि भारतीय पक्षले दशगजा जग्गासहित नेपाली भूमि कब्जा जमाउँदै आएको स्थानीय खड्काले बताउनुभएको छ ।
स्थानीयवासीका अनुसार भारतीयले मिचेको जग्गामा उखु तथा धानखेती गर्दै आएको बताएका छन् । रासस