२८ आश्विन २०८३, बुधबार

स्विण्डन कप आगामी ९ अगस्टमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_newsnrn-logo-300x224

बेलायत । स्विण्डन नेपाली समाजले आयोजना गर्दै आएको फुटबल प्रतियोगिता आगामी अगष्ट ९ गते हुने भएको छ । यसअघि जुलाई १९ मा हुने भनिएको स्विण्डन कप विशेष परिस्थिति बस ९ अगष्टका लागि सारिएको अध्यक्ष राजन कुमार क्षेत्रीले बताउनु भयो ।

नेपाली युवाहरुलाई खेलप्रति अभिरुची बढाउन तथा उनीहरुको व्यक्तित्व विकासमा टेवा पु¥याउन समाजले फुटबल प्रतियोगिता आयोजना गरेको क्षेत्रीको भनाई थियो ।
समाजका खेल संयोजक राजु लिम्बुले स्विण्डनस्थित सुपर मरीन क्लवमा अगष्ट ०९ का दिन बेलायतभरबाट नेपाली फुटबल टिमले सहभागिता जनाउने आशा व्यक्त गरे । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको बताउंदै उनले जतिसक्यो छिटो टिम दर्ता गर्न खेलाडीहरुलाई आग्रह गरेका थिए ।

प्रतियोगितामा मेन, भेटेरान र अण्डर सिक्स्टीन गरी तीन समुहले प्रतिस्पर्धा गर्ने संयोजक लिम्बुले जानकारी दिनुभयो । मेन तथा भेटेरान टिम दर्ता शुल्क प्रतिटिम दुई सय पाउण्ड तथा अण्डर सिक्स्टीनका लागि एकसय पचास पाउण्ड शुल्क तोकिएको बताउंदै उनले विजेता टिमहरुलाई आकर्षक नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्रको व्यवस्था गरिएको उल्लेख गरे ।

प्रतियोगिता स्थलमा विभिन्न खानाका परिकारहरुको स्टलहरु राख्न स्थानीय रेष्टुरेण्टलाई जिम्मा दिइएको छ । अन्य विभिन्न तयारीका लागि समितिहरु समेत गठन गरिसकिएको आयोजकले बताएका छन् ।