१२ कार्तिक २०८३, बिहिबार

ल्यान्ड फिल्ड साइड नहुँदा पोखरा–बागलुङ राजमार्ग दुर्गन्धित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung Parvbat Sadakपर्वत, २७ कात्तिक । पर्वत सदरमुकामसहित कुश्मा नगरपालिकामा दैनिक निस्किने फोहरले पोखरा–बागलुङ राजमार्गमा दुर्गन्ध फैलिएको छ ।

नगरपालिकाले फोहर व्यवस्थापनको उचित विकल्प नखोज्दा एकातिर राजमार्ग भत्किने खतरा बढेको छ भने अर्कोतिर फोहर सिधै कालीगण्डकीमा जा“दा नदी प्रदूषण बढेको छ ।

सदरमुकाम कुश्मास्थित जिरो किलोमिटरदेखि छमर्केसम्मको करिब एक किमी दूरीमा दशकदेखि निरन्तर सदरमुकामको फोहर फालिएको छ ।

सदरमुकाम कुश्मामा मात्रै दैनिक १० टन फोहर सङ्कलन हुन्छ । सदरमुकामको सबै फोहर राजमार्गमा फालिँदा दुर्गन्धले स्थानीय, सवारीचालक र तिनमा यात्रारत यात्री बढी समस्यामा पर्ने गरेका छन् । “फोहरले यहा बसिसाध्य छैन” – स्थानीय राधेश्याम आचार्यले भन्नुभयो – “यहा फोहर नफाल्न हामीले सम्बन्धित निकायलाई धेरै आग्रह ग-यौँ, कतैबाट सुनुवाइ भएन ।”

सदरमुकामको फोहर व्यवस्थापनको जिम्मा स्थानीय ‘सफा कुश्माका लागि सामूहिक अभियान’ संस्थाले लिँदै आइरहेको छ ।
राजमार्गको फोहरले यात्रीहरु समस्यामा पर्ने गरेको बताउछन् । “बसभित्रै नाक थुन्नुपर्छ” – यात्री गोपाल पराजुलीले भन्नुभयो – “पैदल हिँड्दा त नाक थुनेर पनि कठिन हुन्छ ।” गर्मीयाम बढेसँगै आसपासको बस्तीमा चौबीसैघन्टा दुर्गन्धले बस्नै नसकिने स्थानीयवासी कुमार नेपालीले बताउनुभयो । दैनिकको फोहरले कुश्मा–बागलुङखण्डको छमर्के क्षेत्रको भाग पहिरोको जोखिममा छ ।

नगरक्षेत्रको फोहर व्यवस्थापनको पछिल्लो समय नगरपालिकाले नै लिनुपर्ने भए पनि नगरपालिकाले भने यसबारे चासो देखाएको छैन । “कुश्मा नगरपालिका नया“ भएको हुनाले यहाको फोहर व्यवस्थापनबारे हामीले सोच्न र योजना बनाउन भ्याएकै छैनौँ” – नगरपालिकाका कार्यकारी अधिकृत चण्डीका पौडेलले भन्नुभयो – “यो वर्ष त्यसबारे केही गर्ने अवस्था छैन ।” आगामी वर्षका लागि डम्पिङ साइडका लागि प्राथमिकतामा राखिने उहाँले बताउनुभयो । रासस