न्युयोर्क, अमेरिका । जनसम्पर्क समिति न्युयोर्क च्याप्टरको अध्यक्षमा रोशन ढुङगाना निर्वाचित हुनुभएको छ । हालैं सम्पन्न न्युयोर्क च्याप्टरको अधिवेशनमा ढुङगानाले अध्यक्ष पदका प्रत्यासी विकाश बिष्टलाई पराजित गर्नुभएको हो ।
आठ सय ६५ जना मतदाता सदस्यहरु रहेको निर्वाचनमा पाँच सय ९ जनाले आफनो मताधिकार प्रयोग गरेका थिए । तेह्रथुममा जन्मिनु भएका ढुङगाना विगत सात वर्षदेखि जनसम्पर्क समितिको गतिविधिमा सक्रिय हुनुहुन्छ । ढुङगानाले चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन भएपनि कसैको जित र हारका रुपमा लिनु नहुने बताउनु भयो ।
च्याप्टरमा सदस्यहरुमा ऋषिराम अधिकारी, निर्मला बास्कोटा, गणेश बिष्ट, अनिल पाण्डे, अशोक ज्ञवाली, मनोज शर्मा, महेश मल्ल र कमला पन्त निर्वाचित हुनुभएको छ । त्यसैगरी अनन्तराज सुवेदी, अमर तामाङ, वृन्दा राई, विवेक पौडेल, पुष्कर पाठक, नवराज भट्ट, उमेशकुमार थापा र मोना भट्टपनि सदस्य बन्नु भएको छ ।














प्रतिक्रिया