काठमाडौँ, १७ असार । नीति तथा कार्यक्रमको सत्तारुढ कांग्रेस–एमालेका साथै विपक्षी दलहरुले समेत आलोचना गरिहेका बेला सरकारले भने नीति तथा कार्यक्रमका बारेमा व्यवस्थापिका–संसदमा मंगलवारबाट छलफल हुने भएको छ ।
सत्तारुढ नेकपा एमालेको नवौं महाधिवेशन असार १९ गतेदेखि काठमाडौँमा सुरु हुने भएकाले पनि नीति तथा कार्यक्रम असार १८ गते नै पारित गर्ने तयारी गरेको बुझिएको छ ।
मंगलवार बस्ने संसद बैठकमा यसबारे छलफल गर्ने र नीति तथा कार्यक्रम बुधवार पारित गर्ने तयारी संसद सचिवालयले समेत गरेको छ ।
नीति तथा कार्यक्रम पारित भएपछि त्यसैमा आधारित भएर सरकारले आगामी आर्थिक वर्ष २०७१–०७२ कालागि बजेट ल्याउनेछ । सरकारले असार महिनाको अन्तिम साता संसदमा बजेट पेश गर्ने तयारी गरेको छ ।
















प्रतिक्रिया