२९ आश्विन २०८३, बिहिबार

पहिरोले पुरिँदा बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

damauli-1

दमौली, १७ असार । तनहुँको शुक्ला गण्डकी नगरपालिका– १२ बगाले टोलमा सोमबार राति वर्षापछि आएको पहिरोले पुरिँदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरबहादुर श्रेष्ठकी १३ वर्षीया छोरी अमृता श्रेष्ठ रहेकी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । भान्सामा खाना पकाउँदै गरेकी ती बालिकालाई घर माथिबाट आएको पहिरोले एक्कासि पुरेको थियो ।

यसैबीच पृथ्वी राजमार्गमा पर्ने तनहुँको घाँसीकुवा– १ मा सोमबार साँझ विपरीत दिशाबाट आएको बसले क्रस गर्ने क्रममा एक यात्रुको आधा औँला चुडिएको छ ।

दमौलीबाट डुम्रे जाँदै गरेको ना४ख ६७८६ नंको बसमा चढी आएका काभ्रे मिथिलाकोट– ९ बस्ने ४५ वर्षीय एैते तामाङको दाहिने हातको आधा आँैला चुडिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सिसा बाहिर हात राखेका तामाङको विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको बसले क्रस गर्ने क्रममा ठक्कर दिँदा आँैलाको आधा भाग चुडिएको हो ।

घाइते तामाङलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसको खोजी भइरहेको बताइएको छ ।