२८ आश्विन २०८३, बुधबार

मिस नेपालको स्माइल प्रोजेक्टमा पत्रकारको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishani-Shrestha-Smile-Project

कोलोराडो, अमेरिका । मिस नेपाल २०१३ इशानी श्रेष्ठद्धारा संचालित स्माइल प्रोजेक्टका लागि पत्रकार शैलेश पोखरेलले ४ सय १ अमेरिकी डलर सहयोग गरेका छन् ।

अमेरिकाको कोलोराडो राज्यमा सन्चालित बीआरटी नेपाल डटकमका प्रधान सम्पादक तथा नेपाल अमेरिका पत्रकार संघ नेजाका केन्द्रीय सदस्य पोखरेलले यहाँ आयोजित एक कार्यक्रमका माझ पूर्व मिस नेपाल श्रेष्ठलाई चेक हस्तान्तरण गरे।

पूर्व मिस नेपाल श्रेष्ठले पत्रकार पोखरेललाई धन्यवाद दिँदै उक्त सहयोगले पोजेक्ट अगाडि बढाउन ठुलो मद्दत पुग्ने वताएकी थिइन् ।

मिस नेपाल २०१३ मा सहभागी हुँदा नेपालको दुर्गम गाउँ जुम्लाका सर्वसाधारणलाई डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले उनले प्रोजेक्ट शुरु गरेकी थिईन् । उनको सोही प्रोजेक्टका कारण उनले मिस वल्र्डमा राम्रो स्थान प्राप्त गरेकी थिइन् ।