२९ आश्विन २०८३, बिहिबार

परदेशी दाजुलाई तिहारको उपहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

niru-thapaदाजु सायद तपाईलाई लागेको होला यो सालको तिहारमा पनि बहिनीको हातबाट टीका लगाउन पाइन् भनेर सप्तंरगी टिका गलामा सयपत्री फुलको माला तिहारमा जताततै झिलिमिली अनि मेरो नेतृत्वमा देउसी भैलोको टोली जम्मा भएको सायद सम्झदै हुनुहुन्छ होला दादा विडम्वना त्यो रमाइलो क्षण दुःखमा सीमित हुन पुगेको छ । हाम्रो देशको समस्याका कारण धेरै नेपाली युवायुवती खाडी मुलुकमा जीवन विताउन बाध्य भएका छन् । नेपालीहरुले वर्षाैदेखि मनाउदै आएका महान चाडपर्व पनि मनाउन नपाएका धेरै नेपाली दाजुभाईलाई म यति बेला अन्तर हृदयबाटै सम्झन चाँहे । आज म सम्झदैछु त्यो हाम्रो रमाइलो तिहारको क्षण, आफै भित्र रमाउछु ति दिनको कल्पना गरेर साँच्चै कति रमाइलो थियो । त्यो पल सम्पूर्ण साथीभाइ एक आपसमा सुमधुर प्रेमभामयी तरिकाबाट खेल्दा त्यस क्षणको रौनकता नै हुन्थ्यो । दादा अहिलेको तिहारमा हाम्रो साथीसंगीहरु नी तितरवितर भएका छन् । कोही साथी खाडी मुलुकमा पसिना बगाउनु परेको छ भने कोही साथी आफनो बाध्यता, विवशता को कारणले गर्दा रमाउन पाएका छैनन् । हुन त दादा हाम्रो संस्कृतिमा आमुल परिवर्तन हुन थालेको छ । आधुनिकताको नाममा हाम्रो संस्कारमा विकृति भित्रिएको छ । भाईचारको सम्बन्ध राखी पारस्पारिक प्रेमको प्रतिकको रुपमा मान्ने चाडपर्व आज भोलि संस्कृति जर्गेना भन्दा पनि विकृति भित्र्याउन सफल भएका छन् । आफनो आडम्वरी प्रदर्शनको होड बढेको छ । देउसी भैलोलाई भुलेर नसुहाउदो डान्स बारमा झैं पप, र्याप र हिन्दी गीतमा हल्लिएका देख्न पाईन्छ ।

दादा जुन तपाईका लागि सयपत्री मखमली फुलका माला आफ्नै बगैचामा फुलेका हुन्थे तर विडम्बना आजकल तिहारमा सयपत्री माला विदेशबाट किन्नुपर्ने बाध्यता छ । मौकामा चौका हान्नेहरु कालो बजारी गर्नमै व्यस्तेै भएका हुन्छन् । यसवर्षका चाडपर्व नाकाबन्दी, बन्द हडताल कालोबजारी धेरै नेपालीहरु आक्रान्त भएका छन् । नेपालीहरुको महान चाड तिहार कसैका लागी जीवन रक्षाको भीख माग्नुपर्ने अवस्था छ भने कैयौ मानिसहरु खुल्ला आकाशमुनी एक मुठी पानीमा नै रमाउनुपर्ने बाध्यता छ । जे जस्तो अवस्थामा भए पनि दादा धेरै भो तिहार मनाउन नपाएको तपाईको निधारमा संत्तरंगी टिका, मखमली फुलको माला पहिरिन नपाएको आखिर दादा जे छ त्यसैमा खुसी रहनु यसपालि को तिहारमा आउन नपाए पनि अर्को सालको तिहारमा सप्तरंगी टीका, गलामा मखमली फुलको माला अनि हाम्रो देउसे भैलो संगै रमाउला । दादा उही तपाईको निलो आकाश मुनि को स्वार्णम वस्ती बाट प्यारी बहिनी प्रयाज्ञ ।