१ कार्तिक २०८३, शनिबार

दरबाङदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Busम्याग्दी, २४ कात्तिक । म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरबाङदेखि राजधानी काठमाडौँका लागि सिधा बस सेवा सञ्चालन भएको छ ।

म्याग्दी जिप तथा बस सञ्चालक समिति र धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिको संयुक्त व्यवस्थापनमा यसै सातादेखि दरबाङदेखि काठमाडौँका लागि सिधा सवारी सञ्चालनमा ल्याइएको हो ।

पश्चिम म्याग्दीका जनता काठमाडौँ जानु पर्दा यसअघि बेनी आएर सवारी परिवर्तन गर्नुपर्ने बाध्यता रहेको थियो ।

दरबाङबाट काठमाडौँका लागि प्रत्येक साँझ ५ः३० बजे बस छुट्ने म्याग्दी जिप तथा बस सञ्चालक समितिका अध्यक्ष सुरत केसीले जानकारी दिनुभयो ।

म्याग्दी र धौलागिरि समितिले प्रत्येक दिन आलोपालो गरी काठमाडौँका लागि बस छुटाउने गरिएको छ ।

दरबाङबाट यो सेवा सुरु भएसँग पश्चिम म्याग्दीका झन्डै एक दर्जन गाविसका बासिन्दाले दरबाङबाटै काठमाडौँका लागि बस चढ्ने अवसर प्राप्त गरेका छन् ।

सिधा बस सेवा सञ्चालन भएसँगै बेनीमा सवारी परिवर्तन गर्नुपर्ने झन्झट र दोहोरो खर्चबाट पनि जोगिएको दरबाङका स्थानीयवासी किरण थापाले बताउनुभयो । रासस