काठमाडौं, २३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोख्रेलले पर्यटन बोर्डसहित पर्यटन क्षेत्रसँग सम्बन्धित रहेका संघ संस्थाहरूलाई विघठन गरेर सबै काम एउटै छाता मुनिबाट हुने गरी पर्यटन काउन्सिल बनाउने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज (सोमबार) काठमाडौंम आयोजन गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘पर्यटनसँग सम्बन्धित विभिन्न निकाय खडा गरेर मान्छे राख्ने र हटाउने खेललाई अन्त्य गर्दै अदालतमा तारेख धाउने प्रबृत्तिबाट मुक्त गर्नका लागि पनि काउन्सिल आवश्यक छ ।’
मन्त्री पोख्रेलले पर्यटकलाई एकै ठाँउबाट नेपाल देखाउन काठमाडौंमा सांस्कृतिक संग्राहलय निर्माण गर्न काम थालिसकेको भन्दै १० वर्षभित्र संग्राहलय सञ्चालनमा आउने दावी गर्नुभयो ।
उहाँले नेपाल बायुसेवा निगम बिरामी अवस्थामा भएकोले यसलाई स्वस्थ बनाउन उडान व्यवस्थापन गर्ने र कम्तिमा १० वटा नयाँ विमान थप्ने योजना रहेको बताउनुभयो । उहाँले लुम्बिनी, पोखरा, सिमरामा अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक पनि बनाउनु पर्ने बताउनुभयो ।















प्रतिक्रिया