२९ आश्विन २०८३, बिहिबार

बालिमन्दिरका यौन दुराचारी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadiकाठमाडौं, १७ असार । काठमाडौंको नक्सालस्थित बालमन्दिरमा रहेका बालबालिकमाथि यौनदुराचार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पूर्वकर्मचारी रवीन श्रेष्ठ र त्यहींका पूर्वविद्यार्थी क्लवका अध्यक्ष रवीन चालिसेलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

बालमन्दिरमा धर्मपुत्र विभाग हेर्ने पूर्वप्रमुख श्रेष्ठ र त्यहीं युथ क्लव चलाउने पूर्वविद्यार्थी चालिसेविरुद्ध बालअधिकारकर्मीले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

व्युरोका प्रवक्ता एसपी पिताम्वर तिमल्सिनाले प्रारम्भिक अनुसन्धानमा उनीहरु दोषी देखिएको कारण थप अनुसन्धान भइरहेको बताए । ‘हामी केही दिनमा सो मुद्दा अदालतमा लैजान्छौँ, हालसम्मको अनुसन्धानवाट उनीहरु दोषी देखिन्छन्, एसपी तिमल्सिनाले भने ।’

उनीहरुमाथि बालमन्दिरमा रहेका बालबालिकमाथि दिनहुँ यौनशोषण गरेको आरोप लगाइएको छ ।

एक्सन फर चाइल्ड राइट इन्टरनेसनलले दिएको उजुरीमा श्रेष्ठ र चालिसेमाथि बालमन्दिरमा रहेका मानसिक रुपमा कमजोर भएका तीन बालबालिकमाथि बलात्कार, अन्य अनाथलाई बेश्याबृत्तिमा प्रयोग गरेको र अन्य दुई बालकमाथि पनि दुर्व्यवहार गरेको उल्लेख छ । राजधानी दैनिकबाट