हुम्ला, २३ कात्तिक । सदरमुकाम सिमीकोट गाविस–१ देखि ९ सम्म ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपाङ्ग र अशक्त अपाङ्गलाई घरदैलामा पुगी रकम वितरण गरिएको छ ।
पाँच वर्षमुनिका २८९ लाई प्रतिमहिना रु २०० का दरले पाँच लाख ७८ हजार, ज्येष्ठ नागरिक २२४ लाई प्रतिमहिना रु दुई हजारका दरले रु चार लाख ४८ हजार, एकल महिला ३५ लाई प्रतिमहिना रु दुई हजारका दरले रु ७० हजार, पूर्ण अपाङ्ग १३ लाई प्रतिमहिना रु एक हजारका दरले रु १३ हजार, अशक्त अपाङ्ग चार जनालाई प्रतिमहिना रु ३०० का दरले रु चार हजार र ७० वर्षका लागि रु एक हजार, ७० वर्षदेखि मुनिका लागि रु ५०० का दरले रु छ लाख ५२ हजार ४०० वितरण गरिएको गाविससचिव धर्मराज रोकायाले जानकारी गराउनुभयो । रासस















प्रतिक्रिया