काठमाडौ, १७ असार । कांग्रेसका केन्द्रीय सदस्य र सभासदहरूले निजी भेटघाटदेखि बजेट छुट्टाउँदाु सम्म मन्त्रीहरूले उपेक्षा गरेको भन्दै आक्रोश पोखेका छन् ।
केन्द्रीय कार्यसमिति र संसदीय दलको सोमबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकमा बोल्ने अधिकांशले मन्त्रीहरूमा राणा र पञ्चायतकालीन व्यवहारु देखिएको बताए ।
प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइराला उपचारनिम्ति अमेरिकामा रहेकाले कार्यवाहक सभापति रामचन्द्र पौडेलले उक्त बैठक बोलाएका हुन् । सहभागीहरूको बढी आक्रोश अर्थमन्त्री रामशरण महतसहित स्रोतसधान सम्पन्न मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरूतिर केन्द्रित थियो ।
बैठकमा कानुनमन्त्री नरहरि आचार्य र शिक्षामन्त्री चित्रलेखा यादवबाहेक सबै उपस्थित थिए । पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि बीचैमा बाहिरिँदा सभासदहरूले चर्को विरोध गरे ।
मन्त्रीहरूले बजेट रकमान्तर गर्दा आफ्नो र पहुँचवाला नेताको निर्वाचन क्षेत्रमा बढी पारेको सभासदहरूले गुनासो गरे । उनीहरूले विकासको असन्तुलन घटाउन प्रत्येक निर्वाचन क्षेत्रका लागि वाषिर्क ५ करोड रुपैयाँ छुट्टाउनुपर्ने बताए ।
‘एक लाखको योजनानिम्ति सचिव र डिजीकहाँ धाउनुपर्छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँले कोही सांसद सचिवकोमा नजानु, मेरोमा आउनु भन्नुहुन्थ्यो,’ केन्द्रीय सदस्य एवं सभासद बालकृष्ण खाँडले भने, ‘तर आज बिहानदेखि बेलुकासम्म सचिव र डिजीकोमा धाउनुपर्छ ।’
करिब ६ घन्टा चलेको बैठकमा केन्द्रीय सदस्य र सभासद गरी ३६ जनाले बोले । केहीले ५ करोड नछुट्टाए बजेट पारित नगर्ने चेतावनीसमेत दिए । कानितपुर दैनिकबाट













प्रतिक्रिया