काठमाडौं, १६ असार । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेतृत्व चार पुस्तालाई भागवण्डा गर्ने परम्पराको अन्त्य हुनुपर्ने दाबी गर्नुभएको छ । प्रेस चौतारी काठमाडौँले सोमवार राधानीमा आयोजना गरको अन्तरक्रियामा पाण्डेले यस्तो दाबी गर्नुभएको हो ।
‘नेतृत्व चार पुस्तालाई भागवण्डा गर्ने हो भने, १०औं महाधिवेशनमा पार्टीको नेतृत्व युवा पुस्तामा पुग्न सक्दैन,’ उहाँले एमाले संसदीय दलका नेता केपी शर्मा ओली समुहप्रति लक्षित गर्दै भन्नुभयो, ‘१०औं महाधिवेशनका बेला चिनियाँ कम्युनिष्ट पार्टीमा जस्तै पहिलो पुस्तालाई अभिभावक कमिटी बनाएर राख्ने र नेतृत्व नयाँ पुस्तामा आउने नेतृत्व बनाउनुपर्छ ।’
पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल समुहबाट महासचिवका प्रत्यासी बन्ने चर्चा छ ।
















प्रतिक्रिया