२९ आश्विन २०८३, बिहिबार

पत्नीले यसरी मागिन् करोडौँ रकम, कारण थाहा पाएपछि सबै चकित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनान हर्ब
जनान हर्ब

लन्डन । सउदी अरबका दिवंगत शाह फहदकी गुप्त पत्नी रहेको दाबी गर्ने एक महिलाले लन्डन हाई कोर्टमा करोडौँ पाउन्डको हर्जाना जितेकी छिन् ।

६८ वर्षीय जनान हर्बले लगाएको आरोप अनुसार आफ्ना पति शाहका एक छोराले बाँकी जिन्दगीका लागि देखभाल गर्ने आश्वासन दिएका थिए ।

अदालतको फैसलाअनुसार डेढ करोड पाउन्ड भत्ता र चेल्सी तथा पश्चिमी लन्डनमा एक करोड पाउन्ड मूल्यको घरको हकदार बनेकी छिन् ।

हर्बले फहद सउदीको राजकुमार बन्नुभन्दा अगाडि १९६८ मा गुप्त रूपमा विवाह गरेको बताएकी छिन् ।

फिलिपिन्स मुलकी हर्बले शाह फहदका परिवारहरू विवाहलाई लिएर खुसी थिएनन् । किन भने उनी ईसाई धर्म समुदायकी थिइन् । तर विवाह गर्नुअघि उनले धर्म परिवर्तन गरेर इस्लाम बनेको समाचारमा जनाइएको छ ।

जनान हर्बको दाबी अनुसार शाहका छोरा प्रिन्स अब्दुल अजीजले २००५ मा उनीसँग लन्डनको होटलमा भेटघाट गरेका थिए । र आजीवन आर्थिक सहयोग गर्ने आश्वासन दिएको उल्लेख गरिएको छ ।

अदालतले हर्बको दावीलाई सत्य भनेको छ । यद्यपि प्रिन्स अब्दुल अजीजले अदालतलाई सबै दाबीको खण्डन गरेका छन् । – एजेन्सी