काठमाडौँ, १६ असार । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी महाधविेशनमा अध्यक्ष झलनाथ खनालको समर्थन अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीलाई हुने दावी गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा महासचिव नेपालले समय, परिस्थिति र राष्ट्रिय आवश्यकताको कारण केपी ओलीको विकल्प नभएको उल्लेख गर्दै पार्टीको विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनहरु सहमतिमा पारित भएकोले नेतृत्व पनि सहमतिमै चयन हुने विश्वास ब्यक्त गर्नुभयो ।
साक्षात्कारमा महासचिव पोखरेलले सातौ महाधिवेशनमा माधवकुमार नेपाललाई छाडेको, आठौ महाधिवेशनमा पराजित भएकोले पनि अबको निर्विकल्प नेतृत्व केपी ओली भएको बताउनुभयो ।
पार्टी मौजुदा केन्द्रीय पदाधिकारीहरु, पोलिटब्यूरो र स्थायी समिति नै ओलीको पक्षमा रहेको पोखरेलले स्पष्ट पार्नुभयो ।
मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तलाई अघि बढाउने नेता ओली भएकोले अब नेतृत्व छाडेर माधवकुमार नेपाल र झलनाथ खनालले अविभावकको जिम्मेवारी निर्वाह गर्नु पर्ने महासचिव पोखरेलको सुझाव छ । उहाँले भन्नुभयो, ‘अब उहाँहरुले पार्टी सुदृढीकरण र संरक्षणको लागि केपी ओलीलाई समर्थन गर्दै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ छ ।’
आठौ महाधिवेशनले सामूहिक नेतृत्वमा पार्टीलाई लगेकोले अब नेतृत्व गर्ने स्वभाविक पालो ओलीको भएको भन्दै पोख्रेलले अधिकांश महाधिवेशन प्रतिनिधि पनि उहाँकै पक्षमा रहेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘अधिकांश महाधिवेशन प्रतिनिधिहरु ओलीको नेतृत्व हस्तान्तरणको पक्षमा हुनुहुन्छ । बामदेब गौतम पनि सोही कारण ओलीसँग मिल्नु भएको हो । यो कुनै गुट होईन । ओलीले सबैको मन जितेर सामूहिक नेतृत्व प्रणाली अघि बढाउनु हुन्छ ।’
महासचिव पोखरेलले राजनीतिमा सम्बन्धहरु पुर्नगठित हुनु कुनै नौलो कुरा नभएको भन्दै प्रतिस्पर्धामा उत्रिसकेपछि यस्ता सस्तो लोकप्रियता हासिल गर्नका लागि टिकाटिप्पणी गर्नु हाँस्यस्पद भएको बताउनुभयो । उहाँले अहिले नै आफूहरुको कुनै प्यानल घोषणा नगरेको पनि बताउनुभयो ।
‘अहिले यतिमात्र हो कि अधिकांश नेता तथा कार्यकर्ता ओली कमरेडलाई अध्यक्ष बनाउन चाहन्छन् ।’- उहाँले भन्नुभयो ।
नेकपा एमालेभित्र अस्वस्थकर सांगठनिक जीवन भएकोले अहिलेको समस्या आएको दावी गर्दै पोखरेलले नवौ महाधिवेशन पार्टी भित्रको सांगठनिक जीवनको लोकतान्त्रिकरण भएको टिप्पणी गर्नुभयो कम्युनिष्टहरुको सिद्धान्त, विचार सवै राम्रा भए पनि जब नेतृत्वको कुरा आउँछ त्यतिवेला मात्र पार्टीभित्र समस्या आउँछ ।
महासचिव पोखरेलले सँयुक्त सरकारको अवधारणा अनुसार नै सरकारको नीति तथा कार्यक्रम आएकोले यो एमालेको पनि भएको भन्दै यसको हतारमा टिप्पणी गर्नु भन्दा पनि समर्थन गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।















प्रतिक्रिया