काठमाडौं, २० कात्तिक । कांग्रेसले तत्कालीन सरकारले संसदमा दर्ता गराएको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने तथा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी संविधान संशोधनको प्रस्ताव अविलम्व पारित गर्न प्रकृया अघि नबढाए २२ गतेदेखि नै संसदको रोष्टम घेराउ गर्ने जनाएको छ ।
त्यसअघि मधेशी सांसद र केन्द्रीय सदस्यहरुले तत्काल संशोधन विधेयक पारित गर्न रोष्टम घेराउ गर्नु पर्ने दबाव दिएको कान्तिपुर दैनिकले छापेको छ ।
पार्टीले निर्णय नगरे आफूहरुले रोष्टम घेराउ गर्ने मधेश केन्द्रित सांसदहरुले चेतावनी दिएपछि कांग्रेसले २२ गतेकै बैठकबाट विरोधका कार्यक्रम सुरु गर्ने तयारीमा लागेको हो ।
‘संविधान संशोधन विधेयक पारित गराउन संसद भित्र र बाहिर प्रभावकारी र दवावमूलक भूमिका खेल्ने निर्णय गर्दछ’ पार्टीको निर्णयमा भनिएको छ ।
मधेश केन्द्रित दलहरुको आन्दोलनलाई सम्बोधन गर्न गम्भीर ढंगबाट वार्ता प्रक्रियालाई निर्णयमा पुर्याउन कांग्रेसले सरकारसंग आग्रह गरेको छ ।















प्रतिक्रिया