काठमाडौँ, १६ असार । काठमाडौंबाट उडेको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको एमए– ६० चिनियाँ जहाजमा चरा ठोक्किएको छ ।
विराटनगरमा अवतरण गर्नेक्रममा सोमबार बिहान जहाज चरामा ठोकिएको हो । जहाजको दायाँ इन्जिनमा चरा ठोक्किएको निगमले जानकारी दिएको छ। निगमले दिएको जानकारी अनुसार जहाजका यात्रु भने सकुशल छन् ।
वैशाख १४ गते काठमाडौं अवतरण गरेको जहाज प्रशासनिक तथा प्राविधिक तयारी पूरा नगर्दा ढिलामात्रै व्यापारिक उडान सुरु भएको थियो । सातामा १५ उडान सुरु गरेको ५६ सिट क्षमताको नयाँ जहाजले काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढी उडान भर्दै आएको छ । असार ११ देखि औपचारिक उडान सुरु गरेको यो जहाज एक साता नपुग्दै ‘ग्राउण्डेड’ भएको छ ।
















प्रतिक्रिया