२९ आश्विन २०८३, बिहिबार

बाबुको हत्या गर्ने छोरो जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadi

सोलुखुम्बु, १६ असार । सोलुखुम्बुको बेनी–२ मा आफ्नै बुबालाई निर्घात कुटपिट गरी हत्या गर्ने एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत सोलुखुम्बुको आदेशमा हिजो वर्ष १८ का गोविन्द विकलाई कारागार चलान गरिएको हो । गत जेठ २५ गते आइतबार बेलुकी करिब ९ः३० बजेको समयमा गोविन्दले दाउराको चिर्पटले मरणासन्न हुने गरी कुटपिट गरेपछि बेनी–२ का धनबहादुर विकको मृत्यु भएको थियो ।

हत्याका आरोपित वर्ष १८ का गोविन्दलाई सोही दिन जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । जेठ २६ गतेदेखि ती युवक प्रहरीको हिरासतमा रहेका थिए ।

यसैबीच, हात हतियार खरिद बिक्री गरेको आरोपमा पक्राउ परेका तीन व्यक्ति पनि कारागार चलान भएका छन् । विसं २०७० माघ १९ गते साँझ सोलुखुम्बु फाक्दिङका होटल व्यवसायी ग्याल्जेन शेर्पाको हत्या गर्न हतियार दिई सहयोग गर्ने बारा पर्साैनी–९ का २१ वर्षीय अमित चौधरी भनिने अवधेशकुमार यादव, बारा भोडाहा–७ का ३१ वर्षीय सोनालाल राम र भोडाहा–२ बस्ने २२ वर्षीय सोनालाल गिरीलाई पुर्पक्षका लागि जिल्ला कारागार सल्लेरीमा राखिएको छ ।

उनीहरुलाई हातहतियार तथा खरखजनाअन्तर्गत मुद्दा चलाइएको छ । ती तीनै जनालाई गत जेठ २६ गते सल्लेरी ल्याइएको थियो । उनीहरुमध्ये विशेष प्रहरी अनुसन्धान ब्यूरो सिआइबीले यादवलाई पथलैयाबाट, गिरीलाई पिलुवाबाट र रामलाई जैतापुरबाट पक्राउ गरेको थियो ।