काठमाडौं, १९ कात्तिक । प्रहरी चौकीमा आक्रमण गर्ने सम्मको हर्कत अपनाउन पछि नपरेका मधेशी मोर्चा र कार्यकर्ताहरुलाई भारतले उक्साउँदै आएको विभिन्न घटनाक्रमबाट पुष्टि भइसकेको छ ।
वीरगञ्जमा प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु भएपछि वीरगञ्ज तनावग्रस्त छ भने भारतीय राजदूत रञ्जीत रे र गृहमन्त्री शक्तिबहादुर बस्नेतबीच द्वन्द्व बढ्न थालेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
राजदूत रेले केहि दिन यता भारतसँग नजिक मानिएका पत्रकारहरुलाई बोलाएर गृहमन्त्री बस्नेत नै आन्दोलनरत मधेशी मोर्चासँको वार्ता भाड्न सक्रिय रहेको समाचार छपाउन लगाएका छन् ।
यतिसम्मकी भारतले आफ्नो देशको सिमाबाट आन्दोलनकारीलाई नेपालतर्फ ढुंगा हान्न छुट दिएको प्रमाणित भइसकेको छ भने मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जको हुलाक कार्यालय र महुवन प्रहरी चौकीमा अक्रमणका क्रममा पेट्रेल बम प्रहार गरेका थिए ।
स्रोतका अनुसार वीरगञ्जमा पनि केही समय अघि कैलालीको टिकापुरमा भएको घटना जस्तै बनाउन भारतले मोर्चालाई उक्साइरहेको छ ।
जुन कुरा गृहमन्त्रालयले समेत जानकारी पाएपछि वीरगञ्जमा प्रहरीले सावधानी अपनाउँदै आएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएकोमा वार्ता भंग हुन लाग्यो भन्दै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गृहमन्त्रीको विरोध गरेका छन् ।
‘स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली नचलाएको भए त्यहाँ अप्रिय घटना हुन सक्थ्यो, तर त्यस्तो अवस्थामा गृहमन्त्रीले राजनीतिक शैलीमा नारायणकाजीसँग परामर्श गर्ने, प्रचण्डलाई जानकारी गराउने कुरै हुँदैन’ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
राजदूत रेले पनि गोली चलाउन आदेश दिनु अघि गृहमन्त्रीले कसैसँग परामर्श नगरेको भन्दै आलोचना गरेका छन् ।
राजदूत रेले नेपाल प्रहरीको गोली लागि आफ्नो नागरिकको मृत्यु भएपछिको स्थितिलाई भारतले सावधानीपूर्वक लिएको बताएका थिए ।















प्रतिक्रिया