एजेन्सी । गाइको मासु खाएको आरोपमा दिल्लीको दादरीमा एक मुश्लीमको हत्या घटना सेलाउन नपाउँदै दिल्लीकै मणिपुरमा गाई चोरेको आरोपमा एक सरकारी मदरसेका हेडमास्टरको हत्या भएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार घटना मणिपुरको पूर्वी इन्फाल जिल्लाको केइराओ गाउँको हो । सोमबार विहान गाउँलेहरुले ५५ वर्षीय मोहम्मद हसमद अलीको शव फेला पारेका थिए ।
स्थानीय सूत्रका अनुसार अलीको हत्या गाइ चोरीको आरोपमा भएको हो । पुलिसले भनेको छ कि उनको शव उनको घरभन्दा करिब पाँच किलोमिटर भेटिएको थियो । घटनालाई लिएर गाउँलेले पुलिस चौकी घेराउ गरेका छन् । र आरोपीलाई पक्राउ गर्न माग गरेका छन् ।
यसअघि दिल्लीको दादरीमा इकलाख नामका एक व्यक्तिलाई घरमा बीफ खाएको आरोपमा कुटिकुटि मारेका थिए ।













प्रतिक्रिया