काठमाडौं, १८ कात्तिक । ‘सांसद भएर तीन–तीन जनाले बिहे गरे, तर भोज खानै पाइएन गाँठ्ठेँ !’ गत साता नयाँ बानेश्वरस्थित संसदको क्यान्टिनमा औँला पड्काएर कांग्रेस सभासदहरूले रमाइलो गर्दै थिए । अघिल्लो दिन एक सांसद महिलाको बिहेको भोजस्वरुप तयही क्यान्टिनको चिया पिएकालाई भन्दै थिए, ‘तिम्ले चिया भए पनि पियौ, हाम्ले त पानी नि पाएनम् बा !’
यसरी गुपचुपमै जीवनसाथी रोज्ने तेह्रथुमकी समानुपातिक सांसद सीता गुरुङ हुन् । ३८ वर्षीया उनले गोरखाका एक पर्यटन व्यवसायीसँग विवाह गरेको हल्लिखल्ली संसदतिर छ । तर, सार्वजनिक रुपमा आफूले विवाह गरेको स्वीकारेकी छैनन् ।
सीताले प्रम सम्बन्ध रहेका ती युवकसँग यति चाँडै विवाह गरिहाल्ने सुर कसेकी थिइनन् मात्र हैन, प्रेमीले पनि ‘गर्दै गरौँला’ भन्दै टारिरहेका थिए ।
दसैँअघि दुबैको जानकारीबिना पारिवारिक सल्लाह भयो र दुबै साथै रहेको बेला परिवारका सदस्यहरू त्यहीँ पुगेर विवाहको कुरा छिनिदिए । यसबारे प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा नआएको जनआस्था साप्ताहिकले छापेको छ ।
उता, पहिलाका पति त्यागी एसपी केदार ढकाललाई दोस्रो पति रोजेकी अर्की कांग्रेस सांसद ओमदेवी मल्ल तनावमा छिन् । ५५ वर्षीय पूर्वपति किरण जोशीले २५ वर्षीया युवतीसँग विवाह गरिसकेका छन् ।
तर ५० वर्षीय एसपीसँग घरजम गर्ने भनी किरणसँग सम्बन्ध टुटाएकी ओमदेवीलाई अहिले केदार दैनिक तनावको कारक भएको भनी निकटस्थसँग सुनाउन थालेकी छन् ।















प्रतिक्रिया