३० आश्विन २०८३, शुक्रबार

पेट्रोलियम पदार्थ भर्न अब ब्ल्युबुक अनिवार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

petrol-lineझापा, १८ कात्तिक । झापाका पेट्रोल पम्पबाट सवारीसाधनमा इन्धन भर्दा अबदेखि अनिवार्य रुपमा सवारी दर्ता किताब ब्ल्युबुक चाहिने भएको छ ।

पेट्रोलियम पदार्थमा भएको अनियमितता रोक्न बजार व्यवस्थापन तथा आपूर्ति व्यवस्थापन समिति झापाले सवारीसाधनमा इन्धन वितरण गर्दा पेट्रोल पम्पले सवारीधनीले आफ्नो सवारीसाधनको नवीकरण गरेको सवारी दर्ता किताब देखाएपछि त्यस्ता सवारीसाधनमा मात्र इन्धन वितरण गर्न पेट्रोल पम्पलाई निर्देशन दिएपछि सवारीसाधनमा इन्धन भर्न ब्ल्युबुक अनिवार्य भएको हो ।

जिल्ला प्रशासन कार्यालय झापामा मङ्गलबार साँझ बसेको बैठकले आजका मितिदेखि यस्तो नियम लागू गर्न लागेको जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत राजु दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार इन्धन भर्न पुगेका सवारीसाधनको ब्ल्युबुकको कैफियत लेखिएको पानामा इन्धन भरेको मिति, परिमाण उल्लेख गरेर मात्र इन्धन उपलब्ध गराउन पेट्रोल पम्पलाई निर्देशन भइसकेको छ ।

त्यस्तै ग्यास र इन्धन ओसारपसार गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनमा इन्धन र ग्यास बोकेर ढुवानी गर्न नपाइने भएको छ ।

सैगरी हाल सञ्चालनमा आएका लामो दूरीका सवारीसाधनलाई ५० प्रतिशतमा सिमित राखी सञ्चालनमा ल्याउने, काठमाडौँ जाने रात्रि बस २५, धनकुटा जाने दुई र ताप्लेजुङ जाने १५ वटा मात्र बस सञ्चालन गर्ने निर्णयसमेत भएको प्रशासकीय अधिकृत दाहालले बताउनुभयो । रासस