३० आश्विन २०८३, शुक्रबार

ओमानमा प्रवासी नेपाली मञ्चको सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Omanओमान । नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा प्रवासी नेपाली मञ्च ओमान सांस्कृतिक बिभागले बृहत सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

ओमानको राजधानी मस्कट शहरस्थित अलमाशा हल रुवि मा ६ नोभेम्बर २०१५ शुक्रबारका दिन हुने सो कार्यक्रममा ओमानमा लामो समयदेखि कलाकारिता गर्दै आएका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति देखाइनेछ । कार्यक्रमलाई मनोरञ्जनात्मक प्रभावकारी रुपमा सफल बनाउन ब्यापक तयारी भईरहेका मञ्चका अध्यक्ष गगन कार्कीले बताए ।

कार्यक्रममा आफ्नो प्रस्तुती देखाउँन चाहने कलाकारहरुले कार्यक्रमको एक हत्ता अगाडी नै नाम दर्ता गराउँन मञ्चले ओमानबासी कलाकार मित्रहरुलाई अनुरोध गरेको छ । नाम दर्ताको लागी पशुपति जीसी, लिलानाथ कोईराला, शोमकृष्ण श्रेष्ठ, तेजबहादुर तमाङ्ग र हिरा पौडेललाई सम्पर्क गर्न सकिने मञ्चले बताएको छ । कार्यक्रममा प्रवेश शुल्क चार रियाल तोकिएको छ ।