२९ आश्विन २०८३, बिहिबार

उत्कृष्ट चिली, ब्राजिल दबावमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brazilकाठमाडौं, १६ असार । ब्राजिलले चिलीविरुद्ध घरेलु मैदानको फाइदा उठाउन सकेन। ब्राजिली टिमलाई अहिले विश्वकपको अरु संस्करणभन्दा धेरै दबाव छ। ब्राजिलमा भैरहेको आन्दोलनका कारणले पनि हुन सक्छ टोलीलाई हरेक खेल जित्नु पर्ने दबाव छ।
चिलीविरुद्धको खेलमा ब्राजिल विगतदेखि नै हावी हुदै आए पनि यसपल्ट चिलीले उत्कृष्ट प्रर्दशन गर्‍यो। प्रिक्वाटरफाइनल खेल्नुअघि ६८ खेलमा ब्राजिलले ४८ खेल जितेको छ। ७ बराबरी भएका छन्।

दक्षिण अमेरिकी टिम भएकोले चिलीलाई ब्राजिलको खेल्ने शैलीवारे धेरै जानकारी थियो।
निर्धारित समयमा त चिलीले राम्रो प्रर्दशन गरेको छ। विशेष रुपमा दुवै टोलीका गोलकिपरले राम्रो प्रर्दशन गरे।

अब नकआउट चरणमा प्राय सबै टोलीले अटयाकिङ फुटबल खेल्छन्। ब्राजिलले पनि ४–३–३ को रणनितीमा अटयाकिङ खेल्न खोजेको हो। तर उनीहरु मैदानमा सफल भएनन। दोस्रो हाफमा त चिली अटयाकिङ, बल पोसेसन, पास सबैमा अगाडी छ। पहिलो हाफमा चिलीले ५९ प्रतिसत र ब्राजिलले ४१ प्रतिसत बल पोसेसन राखेको छ।

नेइमारले खेलमा मेहनत गरे पनि अन्य स्ट्राइकरले उनलाई साथ दिन सकेनन। ओस्कारको प्रर्दशन अपेक्षा भन्दा धेरै कमजोर हो। लाग्थ्यो उनी मैदानमा छैनन। नेइमारलाई धेरै मार्किङ भएका बेला अन्यले फाइदा लिन सक्नु पर्ने हो।

त्यो ब्राजिलले गर्न सकेन। ब्राजिलको रक्षापंक्ति पनि नकआउट चरणसम्म आइपुग्दा त्यति धेरै आत्मविश्वास देखिदैन। लुइज बाहेक अन्य रक्षक त खेल्न मन नलागे जसरी खेलेका छन्। ब्राजिलियन खेलाडीबाट यस्तो प्रर्दशन अपेक्षा हुदैन। नागरिक दैनिकबाट