३० आश्विन २०८३, शुक्रबार

वीरगञ्ज-रक्सौल नाकामा रोकिएका ग्यास बुलेट वेलहियाबाट नेपाल भित्रिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

band-1लुम्बिनी (रुपन्देही), १५ कात्तिक । भारतको रक्सौल नाकामा रोकिएका ग्यासका बुलेट रुपन्देहीको वेलहिया नाकाबाट नेपाल भित्रिएका छन् । रक्सौल नाकामा रोकिएका ग्यासका बुलेट वीरगन्जबाट भित्रिन नसकेपछि ‘रि–रुट’ अनुमति लिएर भैरहवाको वेलहिया नाकाबाट भित्र्याइएको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्ज नाकामा अवरोध जारी राखेका कारण रुट बदलेर ग्यास बुलेट नेपाल भित्र्याइएको आयाल निगमले जनाएको छ । अवरोधका कारण विगत एक महिनाभन्दा बढी दिनदेखि ग्यासका बुलेट भारतको रक्सौल नाकामा रोकिएका थिए ।

भारतको रक्सौल नाकामा रोकिएका ग्यासका बुलेट रि–रुट अनुमति लिएर भैरहवा नाकाबाट नेपाल प्रवेश गरेको नेपाल आयल निगमका पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारी डिपोका प्रमुख दिनेश यादवले बताउनुभयो ।

“रक्सौल नाकामा रोकिएका कतिवटा ग्यासका बुलेट यस नाकाबाट भित्रिने हो, त्यो मलाई थाहा भएन तर रक्सौल नाकाबाट रि–रुट अनुमति लिएका १५ वटा ग्यासका बुलेट भैरहवा नाकाबाट नेपाल प्रवेश गरिसकेका छन्”, डिपोका प्रमुख यादवले भन्नुभयो ।

आज साँझसम्म यस नाकाबाट २५ वटा ग्यासका बुलेट नेपालमा भित्रिने सम्भावना रहेको उहाँले बताउनुभयो । रुपन्देहीको वेलहियाबाट ग्यासका बुलेटबाहेक इन्धन, खाद्यान्न, मेसिनरी र उद्योगका कच्चापदार्थ बोकेका गाडी पनि धमाधम नेपाल भित्रिरहेका भैरहवा भन्सार कार्यालयले जनाएको छ । रासस