३० आश्विन २०८३, शुक्रबार

चीनको तेल ल्याउन थप ९ ट्यांकर केरुङ प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Oil-Tyanker-Rasuwagadi-1रसुवा, १५ कात्तिक । चीनले अनुदानमा दिएको तेल ल्याउन थप ९ वटा नेपाली ट्यांकर आज विहानै केरुङ प्रवेश गरेका छन् ।

तेल ल्याउन रसुवागढी पुगेका १२ ट्यांकर मध्ये तीन ट्यांकरले हिजो शनिबार साढे २० मेट्रिकटन तेल नेपाल ल्याइसकेका छन् । बाँकी ९ वटा ट्यांकर विहान साढे आठ बजे केरुङ प्रवेश गरेको नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले जानकारी दिनुभयो ।

रसुवाका डीएसपी आदेश विष्टका अनुसार केरुङमा इन्धन भरेर आएका नेपालका तीन ट्यांकरलाई रसुवागढी भन्सार टिमुरेमा राखिएको र केही समयपछि राजधानी काठमाडौं पठाइने छ । शनिबार नेपाल भित्रिएको २७ हजार लिटर पेट्रोल बोकेर ती ट्यांकर आज दिउँसो काठमाडौस्थित थानकोट डिप्पोमा आइपुग्ने छन् ।