२९ आश्विन २०८३, बिहिबार

अख्तियारको आँखा सडक विस्तारतिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatir

काठमाडौँ, १५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानी प्रवेशको मुख्य नाका थानकोट–नौविसे सडक खण्ड तथा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाको काम यही असार २५ गतेभित्र सम्पन्न गर्न पुनः निर्देशन दिएको छ ।

आइतवार ती दुई आयोजनाका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा बोलाएर तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिइएको प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो ।

लामो समयदेखि सडक विस्तारको काम पूरा हुन नसकेको र नागरिकले सास्ती र हैरानी व्यहोरेको व्यापक गुनासो आएकाले आयोगले सुक्ष्म अध्ययन गरेको थियो ।

नौबिसे–नागढुङ्गा सडक खण्डको काम समयमा पूरा हुन नसकेका कारण सवारी आवागमनमा कठिनाई उत्पन्न भएको र राजधानीको यातायात नै प्रभावित भएकाले अख्तियारले तत्काल काम सम्पन्न गर्न निर्देशन दिएको हो ।

काठमाडाँै उपत्यकाभित्रको ९० किलोमिटर सडक कालोपत्रे गर्ने कार्य भने यही असार मसान्तसम्म सम्पन्न गर्ने प्रतिवद्धता आयोजनाका पदाधिकारीले गर्नुभएको आयोगले जनाएको छ ।

आयोगले सडक विस्तारको निरन्तर निगरानी गर्ने र प्रतिवद्धताबमोजिम तोकिएको समय सीमा भित्र कार्य सम्पन्न नगरेमा ती आयोजनाका पदाधिकारीहरुलाई जिम्मेवार बनाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।