काठमाडौँ, १५ असार । राष्ट्रपति रामवरण यादवले आइतवारको संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । दिउँसो करिव तीन बजेबाट प्रस्तुत सुरु गरेको नीति तथा कार्यक्रममा महत्वकांक्षी योजनाहरु अघि सारिएका छन् ।
वैदेशिक सहायतामाथिको परनिर्भरता कम गर्ने, सार्वजनिक खरिद ऐनलाई सुधार गरिने,वैदेशिक सहायतालाई राष्ट्रिय प्राथमिकतामा लगाइने, कृषि क्षेत्रमा उत्पाद र उत्पादकत्व बढाउने, खाद्यन्नमा आत्मनिर्भर बनाइने, दश हजार युवालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने जस्ता कार्यक्रम अघि सारिएको छ ।
त्यसैगरी सार्वजनिक सेवामा हुने खर्चलाई परिणाम मुखी बनाउँने, मुल्य अभिबृद्धि कर र राजस्वलाई बृद्धि गर्ने, विदेशी लगानी भित्र्याउन नयाँ ऐन ल्याउने, विशेष आर्थिक क्षेत्रका लागि नयाँ कानुन ल्याउने जस्ता कुरालाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
भैरहवामा विशेष आर्थिक क्षेत्र सुरु गर्र्नेकपडामा राष्ट्रिय उद्योगमा प्रवर्धन गर्ने जस्ता कुरालाई पनि प्राथमिकताम राखिएको छ । त्यसैगरी पेट्रोल, ग्यास, चिनी, नुनमा कालो बजारी गर्नेलाई कडा कारबाही गर्ने, पेट्रोलिय पदार्थमा नीजि क्षेत्रको सहभागिता,सिमेन्ट उत्पादनका लागि स्वदेशमै क्लिंकरको उत्पादन गर्ने, नयाँ नेपाल उज्यालो नेपाल नारा वनाउँने जस्ता कुरा पनि राष्ट्रपतिले सार्वजनिक गरेको नीति कार्यक्रममा उल्लेख छन् ।
स्थानीयको सहकार्यमा जलविद्युत निकाल्न प्रोत्साहित गर्ने, जलवायु परिवर्तनबाट पर्ने असरको न्यूनीकरण गरिने, चट्याङ्बाट मानवीय क्षती हुन नदिन वैज्ञानिक विधि अपनाइने, कालीगण्डकी, कोशीलगायतका करिडोरलाई तिब्रता दिइने जस्ता कुरा पनि उल्लेख छन् । काठमाडौं–तराई क्षेत्रको द्रुतमार्ग निर्माणलाई पूरा गरिने जस्ता कुरा पनि त्यहाँ उल्लेख छन् ।
















प्रतिक्रिया