काठमाडौँ, १५ असार । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जननेता मदनकुमार भण्डारीको राजनीतिक सम्पत्तिको ब्याज खान नखोज्न चेतावनी दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आइतबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा पाण्डेले यस्तो चेतावनी दिनुभएको हो । ‘मदन भण्डारीको जनताको बहुदलीय जनतवादको ब्याख्याता माधवकुमार नेपाल हो,’ उहाँले भन्नुभयो, ‘तर, अरुले भण्डारीको राजनीतिक सम्पत्तिको ब्याज खाने प्रयास गरिरहेका छन् ।
उहाँको भनाई संसदीय दलका नेता केपी शर्मा ओली समुहप्रति लक्षित थियो । उहाँले ओली समुहमा सबै बुढाखाडाको भिड भएको भन्दै ७० प्रतिशत महाधिवेशन प्रतिनिधि बरिष्ठ नेता नेपालको पक्षमा निर्वाचित भएको दाबी समेत गर्नुभयो । जतिसुकै तानातान भए पनि ६० प्रतिसत मतका साथ नेपालले जित्ने उहाँको दाबी थियो ।
पूर्वाञ्चल, सुदुरपश्चिमान्चल, मध्यपश्चिमाञ्चल र प्रवास भारतबाट दुई तिहाई नेपाल पक्षका महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएको र पश्चिमाञ्चलमा आधा निर्वाचित भएर आएको उहाँको दाबी थियो । पाण्डे आगामी महाधिवेशनका नेपाल समुहका महासचिवका प्रत्यासी हुन् ।













प्रतिक्रिया