२ मंसिर २०८३, बुधबार

फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ब्रेक थ्रु हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको आज ‘ब्रेक थ्रु’ गरिने भएको छ ।

सुरुङको ‘ब्रेक थ्रु’ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

राष्ट्रपति पौडेल हेलिकप्टरबाट साढे ९ बजे महादेवटार आइपुग्ने तय भएको छ ।

मकवानपुरको भीमफदी गाउँपालिका–८ बाट बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन छ ।

आज ‘ब्रेक थ्रु’ हुने उक्त सुरुङको लम्बाइ ३ दशमलब ४४५ किमि रहेको छ ।

अर्कोतर्फको ३.४८६ किमिको सुरुङ गत भदौमा ‘ब्रेक थ्रु’ भइसकेको छ । फास्ट ट्र्याकअन्तर्गत ७ वटा सुरूङ निर्माणाधीन छन् ।

नेपाली सेनाले द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी कार्यान्वयन गरिरहेको छ ।