तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका(६, डुम्रीडाँडास्थित सडकमा बोलेरो दुर्घटना हुँदा एक नजाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो सडकबाट करिब सात मिटर तल नालीमा खस्दा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका-६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङ रहेकी छिन् ।
दुर्घटनामा आँबुखैरेनी गाउँपालिका-६, खापस्वाराका ४९ वर्षीय कबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन्।
उनीहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइहरेको छ।
प्रहरीले बोलेरो चालक आँबुखैरेनी गाउँपालिका-६, हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











प्रतिक्रिया