२८ आश्विन २०८३, बुधबार

एमालेमाथि अझै घेराबन्दी छ, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बन्यो : अध्यक्ष ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेबिरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई सपथग्रहण गराउदै अध्यक्ष ओलीले बिगतमा पटक–पटक पार्टीलाई घेराबन्दीको प्रयास भइरहेको भन्दै आगामी निर्वाचन नजिकिँदै गर्दा अहिले पनि पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका हुन् ।

उनले लोकतन्त्र मासिएको, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको अवस्थामा तिनको पुनरुत्थान अनिवार्य सर्त रहेको उल्लेख गरे । राष्ट्रियताको पक्षमा उभिदा दमन भए आन्दोलन र प्रतिवादमा उत्रिने उनले बताए ।

अध्यक्ष ओलीले पार्टीलाई सशक्त रुपमा अघि बढाउनुपर्ने भएकाले आन्तरिक विरोध र असहमतिमा अल्झिनु नहुने धारणा राखेका छन् ।

उनले ’समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने, सत्य, समानता र मानवताको बाटोमा हिँड्ने उद्देश्य बोकेको पार्टी एमाले भएकाले साना–मसिना गलत कुरामा अल्झिन नहुने स्पष्ट पारे ।