२८ आश्विन २०८३, बुधबार

मौलिक संस्कृति जोगाउन मातृ शक्तिको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्न मातृशक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले जाति, पुस्ता, धर्म र संस्कृतिका नाममा समाज विभाजित हुँदै गएको उल्लेख गर्दै मौलिक संस्कृतिको जगेर्ना र मातृशक्तिको सम्मानमा जोड दिएका हुन् ।

नेकपा (एमाले) दाङका उपाध्यक्ष मनोहर बुढाथोकीकी आमा रेखी बुढाथोकीको स्मृतिमा आयोजित शोक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भौतिक विकासले मात्र समाज समृद्ध नहुने बताए । उनले सूचना र प्रविधिको विकाससँगै मौलिक संस्कृतिलाई जीवन्त राख्नुपर्ने धारणा राखे । उनले आमाले सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै नयाँ पुस्ताले मातृशक्तिको गौरव गर्नुपर्ने बताए । राष्ट्रको गौरव र पहिचान जोगाउन मौलिक संस्कृति तथा सामाजिक संस्कारको संरक्षण आवश्यक रहेको उनले धारणा राखे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरीले संस्कार, सन्तान र समाज निर्माणमा आमाको महत्वपूर्ण भूमिका रहने बताएका छन् । उनले अभिभावकको सल्लाह र मार्गदर्शनले सामाजिक तथा राजनीतिक आन्दोलनलाई समेत सही दिशा दिने उल्लेख गरे । एमाले जिल्ला कमिटी दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीकी आमा रेश्मीकुमारी बुढाथोकीको असोेज १४ गते ८१ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।