१३ मंसिर २०८३, आइतबार

ब्रह्मायणी मन्दिर परिसरमा जमरा राख्न पवित्र माटो संकलन गर्ने भक्तजनको भीड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बडादशैंको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक स्थल ब्रह्मायणी मन्दिर परिसरमा जमरा राख्न आवश्यक पवित्र माटो संकलन गर्ने भक्तजनको भीड लागेको छ ।

बिहानैदेखि स्थानीय बासिन्दा तथा भक्तजनहरू मन्दिर नजिकैको ब्रह्मायणी घाटमा माटो लिन पुगेका हुन्। नेवारी संस्कृति तथा दसैँ परम्परामा ब्रह्मायणी घाटको बालुवा मिश्रित माटोलाई विशेष महत्त्वका साथ लिने गरिन्छ ।

यस स्थानको माटोमा जमरा उमार्दा राम्रो, पहेँलो र पुष्ट हुने जनविश्वास रहेको छ । नवदुर्गा भवानीको पहिलो स्वरूपसँग सम्बन्धित शक्तिपीठका रूपमा पूजिँदै आएको ब्रह्मायणी मन्दिर परिसरबाट माटो ल्याएर घरको दसैँ घर वा पूजाकोठामा जमरा राख्ने परम्परा पुस्तौँदेखि चल्दै आएको छ ।

घटस्थापनाका दिन संकलन गरिएको माटोमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौ, धान तथा मकै छर्ने चलन छ। यसरी राखिएको जमरालाई नवरात्रभरि हरेक बिहान पूजा गरी जल अर्पण गरिन्छ ।

भक्तपुरको ब्रह्मायणी मन्दिरमा घटस्थापनाका दिन माटो संकलन गर्न भक्तजनको उपस्थिति रहनुले यहाँको मौलिक संस्कृति, धार्मिक आस्था र परम्पराप्रतिको निरन्तरतालाई झल्काउँने सस्कृतविद्हरु बताउँछन् ।