२८ आश्विन २०८३, बुधबार

एआईजी बंशीराज दाहाल सेवाबाट बर्खास्त

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिएको छ ।

सुरक्षासँग सम्बन्धित अति संवेदनशील सूचना चुहावटको आरोपमा निलम्बनमा परेका एआईजी दाहाललाई आज गृहमन्त्रालयले सेवाबाटै हटाएको हो ।

छानबिन समितिले उनलाई सेवाबाट पदबाटै बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

दाहाल र हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका झापाका इनम सापकोटाबीच सम्पर्क देखिएको थियो ।