२८ आश्विन २०८३, बुधबार

एमालेको स्थायी कमिटी बैठक शनिबार पनि बस्ने, आज के-के भयो छलफल ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने बिषयमा छलफल भएको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको बैठकमा पार्टी केन्द्रीय कमिटीमा रिक्त रहेका स्थानहरू, पोलिटब्युरो सदस्यहरूको मनोनयन, तथा स्थायी समितिमा रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको हो ।

रिक्त पदमा मनोनयन गर्न बिभिन्न नाममा छलफल भएपनि सहमति जुट्न नसकेपछि शनिबार पनि बैठक बोलाइएको छ । बैठकपछि एमाले सचिव पद्मा अर्यालले रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको जानकारी दिएकी छन् ।

मनोनयनका बिषयमा स्थायी कमिटीका सदस्यहरूले आ–आफ्ना सुझावहरू प्रस्तुत गरेको उनले बताइन् । बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीले ११ वर्षपछि आफू पुनः सक्रिय पार्टी जीवनमा फर्किएको जानकारी गराउदै मुलुकमा लोकतन्त्र र संविधानप्रति देखिएको खतराको रक्षा गर्ने मुख्य दायित्व लोकतन्त्र स्थापना गर्ने राजनीतिक दलहरूको नै भएको बताएका सचिव अर्यालले जानकारी दिइन् ।

साथै भण्डारीले विगतका आन्दोलनहरूमा आफू स्वयं सरिक भएको स्मरण गर्दै लोकतन्त्र र गणतन्त्रलाई अझ सुदृढ बनाउन तथा पार्टीमा आबद्ध भई योगदान पुर्याउने मनसायका साथ पार्टी जीवनमा फर्किएको धारणा राख्नुभएको सचिव अर्यालले उल्लेख गरिन् ।