काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यसंयोजन समितिको बैठक बसेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे निर्णय लिने बताइएको छ ।
स्थानीय तहको चुनावपछि महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने नेकपा प्रवक्ता प्रकाश ज्वालाले बताए। यसअघि घोषणा भएको दुई महिने अभियान सञ्चालनबारे बैठकले निर्णय लिने उनले बताए।
बैठकमा नेता झलनाथ खनालले थालेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने जनाइएको छ। खनाल भने बैठकमा सहभागी भएका छैनन् ।
स्रोतका अनुसार खनालले नेकपा छाड्ने मनस्थिति बनाएका छन् । सके समाजवादी जागरण अभियान थाल्ने, नसके पुरानै पार्टी एमाले फर्किने उनको तयारी छ ।











प्रतिक्रिया