२८ आश्विन २०८३, बुधबार

मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, ३२ खेल समावेश हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेशको सुर्खेत, बाँके, दैलेख, सल्यान, कालीकोटमा प्रतियोगिता हुने प्रस्ताव गरिएको छ । प्रतियोगितामा ३२ खेल समावेश हुनेछन् ।

आइतबार सुर्खेत आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता हुने स्थान र खेलबारे जानकारी दिइयो ।

प्रतियोगितामा एथलेटक्स, कुस्ती, कबड्डी (महिला र पुरुष), व्याडमिण्टन, बक्सिङ, कराते, बास्केटवल (महिला र पुरुष), फुल कन्टपाक्ट कराते, आईटिएफ तेक्वान्दो, शारीरिक सुगठन, क्रिकेट (महिला र पुरुष), टेबल टेनिस, फुटवल (महिला र पुरुष), बुद्धिचाल, ह्याण्डबल (महिला र पुरुष) समावेश छन् ।

यस्तै, सुर्खेतमा हक्की (महिला र पुरुष), जुडो, ई स्पोट्स, खो खो (महिला र पुरुष), स्क्वास, रग्वी (महिला र पुरुष), सुटिङ, पौडी, साईक्लिङ, तेक्वान्दो, टेनिस, नेपालगन्ज, भलिवल (महिला र पुरुष), आर्चरी, उसु, जिमन्याष्टिक, भारोत्तोलन र सेपाकताको खेल समावेश हुनेछ ।