काठमाडौं । बिमल सुवेदीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आजदेखि सुरू १५औँ महाधिवेशनमा जनसम्पर्क समिति मध्यपूर्वको तर्फबाट सुवेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेविसंघ कास्की क्षेत्र नं. १ को क्षेत्रीय सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका सुवेदीले नेविसंघ कास्कीको सचिव, पृथ्वीनारायण क्याम्पस स्ववियु प्रचार समिति संयोजक हुँदै नेपाली जनसम्पर्क समिति कतारको संस्थापक महामन्त्री र दुई कार्यकाल सभापतिको जिम्मेवारी सम्हालेका छन् ।
उनले कांग्रेसका १२औँ, १३औँ र १४औँ महाधिवेशनमा महासमिति सदस्य तथा केन्द्रीय प्रचार विभागमा रहेर काम पनि गरिसकेका छन् । सुवेदीले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका हुन् ।











प्रतिक्रिया