२८ आश्विन २०८३, बुधबार

ऐतिहासिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले भारतलाई ४ गोलले हरायो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले भारतलाई ४ गोलले हराएको छ ।

शनिबार राति कोलकाताको साल्ट लेक स्टेडियममा भएको ऐतिहासिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले भारतलाई ४ गोलले हराएको हो ।

ब्राजिलको जितमा २८ औं मिनेटमा एस्तेभाओले पहिलो गोल गरे ।

त्यस्तै, ४२ औं मिनेटमा पेड्रो र सामुएलले ५८ औं मिनेट र ९० प्लस पाँच औं मिनेटमा दुई गोल गरेका थिए ।

यो भारत र ब्राजिलबीचको पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

फिफा वरीयतामा ब्राजिल पाँचौं स्थानमा रहेको छ भने भारत १३८ औं स्थानमा रहेको छ ।