२८ आश्विन २०८३, बुधबार

एसियाली खेलकुद क्रिकेट फाइनल : भारत र पाकिस्तान भिड्दै, दुवै कप्तानले एकअर्कासँग हात मिलाएनन्

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसियाली खेलकुदको क्रिकेटमा फाइनलमा पहिलोपटक शनिबार भारत र पाकिस्तान भिड्दैछ ।

यसैबीच, जापानको कोरोजी स्पोर्ट्स पार्कमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

टसका क्रममा दुवै टोलीका कप्तानले एकअर्कासँग हात मिलाएनन् । यसअघि एसियाली खेलकुदमै भारतीय पुरुष हक्की टोलीले भने पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएको थियो ।

भारतीय पुरुष तथा महिला क्रिकेट खेलाडीहरूले पछिल्लो ६ वटा खेलहरूमा पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएका छैनन् । गत वर्ष भएको पहलगाम आक्रमणपछि उनीहरुले खेलका क्रममा हात मिलाएका छैनन् ।