काठमाडौं । एनआईसी एशिया बैंकका ई–कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलोपटक एप्पल पे र गुगल पेअन्तर्गतका भिसा वा मास्टरकार्डमार्फत सहजै भुक्तानी प्राप्त गर्नसक्ने भएका छन् ।
यस सुविधाअन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यसहित बैंकको साइबरसोर्स भुक्तानी गेटवेमा आवद्ध भएका र हुन चाहने व्यवसायिक ग्राहकहरुले विश्वभर रहेका एप्पल पे वा गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत सहज र सुरक्षित रुपमा भुक्तानी स्वीकार गर्नसक्ने बैंकले जनाएको छ ।
एप्पल पे/गुगल पे विश्वव्यापी रुपमा मान्यताप्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हो । जसमा अन्तर्राष्ट्रिय ग्राहकहरुले भौतिक रुपमा कार्ड प्रयोग गर्नुपर्ने झन्झटलाई हटाइ आफ्नो कार्डको विवरणहरुलाई एप्पल र गुगल एन्ड्रोइड मोबाइलमा टोकजेन गरेर सरल तरिकाबाट भुक्तानी गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न विशेषगरी होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई–कमर्स, आईटी क्षेत्र जस्ता मर्चेन्ट ग्राहकहरुले बैंकको ई–कमर्स पेमेन्ट गेटवे साइबरसोर्समा आवद्ध भई अन्तर्राष्ट्रिय ग्राहकहरुबाट एप्पल पे/गुगल पेमार्फत भुक्तानी लिन सक्नेछन् । यस सुविधाले नेपाली व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित भुक्तानी अनुभव सुविधा प्रदान गर्न सहयोग पुर्याउनेछ । विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई–कमर्श, आईटी क्षेत्र, सामान निर्यात गर्ने व्यवसायी लगायत अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने व्यवसायका लागि यसले अन्तरदेशीय व्यापार विस्तार गर्न तथा विदेशी मुद्रा आर्जनको सम्भावनालाई थप सहयोग पुर्याउने बैंकको विश्वास छ ।
नेपालमै पहिलोपटक सुरु भएको यस भुक्तानी सेवाले भुक्तानी सेवालाई थप सहज र सरल बनाउने, मर्चेन्ट ग्राहकहरुको व्यवसायमा टेवा दिने, भुक्तानी सरल र सुरक्षित बनाउनुको साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान गर्दै देशको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ ।











प्रतिक्रिया