२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति पौडेलकी छोरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी समेत रहेकी कांग्रेस नेतृ संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् ।

कास्की क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएकी संज्ञाले २८९ मत प्राप्त गरिन् ।

चार पदका लागि ११ जना प्रतिस्पर्धामा थिए ।

यस क्षेत्रबाट रेनुका गुरुङ, निसा मल्ल ठकुरी, डाल्डादेवी भुजेल र कोपिला रानाभाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।