काठमाडौं। एनसेलले नेपालमा एप्पलका उत्पादनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ।
यो योजना एनसेलका विद्यमान ग्राहक तथा नयाँ एनसेल सिम लिने ग्राहकले प्राप्त गर्न सक्नेछन्।
योजनाअन्तर्गत नयाँ आइफोन खरिद गर्ने ग्राहकले असीमित डेटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र प्रिमियम सामग्री उपलब्ध हुने लायन्सगेटको ओटीटी सदस्यता प्राप्त गर्नेछन्।
एनसेलका अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स खरिद गर्ने पहिलो २०० जना ग्राहकले यी सुविधा तीन महिनासम्म निःशुल्क प्रयोग गर्न पाउनेछन्।
त्यस्तै, आइफोन डुओ खरिद गर्ने पहिलो १०० जना ग्राहकले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्क नतिरी प्रयोग गर्न सक्नेछन्।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा नयाँ आइफोन खरिद गर्ने ग्राहकलाई विशेष अफर उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए।
उनका अनुसार ग्राहकको डिजिटल जीवनशैलीलाई सहज बनाउने उद्देश्यअनुसार ल्याइएको यो योजनाले एनसेल प्रयोगकर्तालाई देशभर भरपर्दो कनेक्टिभिटीसँगै मनोरञ्जनात्मक सामग्रीको पहुँच उपलब्ध गराउनेछ।
“प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवालाई जोडेर हामी सञ्चार र मनोरञ्जनलाई अझ सरल र प्रभावकारी बनाउन चाहन्छौँ,” दत्ताले भने।











प्रतिक्रिया