काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाई दुबईको उडानमा सवार भारतीय क्याप्टेन स्मित मच्छरको प्रशंसा गर्दै उनलाई ‘नायक’को संज्ञा दिएका छन् ।
मोदीले बिहीबार बिहान स्मितको बहादुरीले ठूलो दुर्घटनाबाट बच्न मद्दत गरेको र १७४ जनाको ज्यान बचाउन सफल भएको भन्दै हिरोको संज्ञा दिएका हुन् ।
मोदीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा लेखेका छन्, ‘क्याप्टेन स्मित मच्छर एक नायक हुन् । सबैभन्दा ठूलो खतराको सामना गर्नुपर्दा र गम्भीर घाइते भए पनि, उनले अरूको जीवन बचाउन ठूलो साहस र दृढ संकल्प देखाए ।’
उनले थप लेखेका छन्, ‘उनको साहसले सयौंको जीवन बचाउन र ठूलो दुर्घटनाबाट बच्न मद्दत गर्यो । भारत क्याप्टेन मच्छरप्रति गर्व गर्दछ । म उनको शीघ्र स्वास्थ्यलाभ, नवीकरण गरिएको शक्ति र सुस्वास्थ्यको लागि प्रार्थना गर्दछु ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि क्याप्टेन स्मितलाई ‘नायक’ भनेका थिए ।
यसैबीच, साउदी अरबमा रहेको भारतीय दूतावासले स्मितलाई अस्पतालमा भर्ना गरिएको र उपचार भइरहेको जानकारी दिएको छ । उनको अवस्था स्थिर रहेको बताइएको छ ।













प्रतिक्रिया