२८ आश्विन २०८३, बुधबार

वेस्ट इन्डिजविरुद्ध भारतको ऐतिहासिक जित, ४०६ रनको लक्ष्य ४३.३ ओभरमै पूरा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय क्रिकेट टोलीले एकदिवसीय क्रिकेटको आफ्नो ५२ वर्षे इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पूरा गर्दै ऐतिहासिक कीर्तिमान बनाएको छ ।

​गुवाहाटीमा भएको दोस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजले दिएको ४०६ रनको विशाल लक्ष्य भारतले ४३.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै भारतले तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।

​भारतको ऐतिहासिक जितमा कप्तान शुभमन गिल र रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरे । गिलले आक्रामक ब्याटिङ गर्दै अविजित २२३ रन बनाए । उनले ११७ बलमै दोहोरो शतक पूरा गर्दै एकदिवसीय क्रिकेटमा सबैभन्दा तीव्र दोहोरो शतकको कीर्तिमान समेत कायम गरेका छन् ।

​त्यस्तै, ओपनर रोहित शर्माले १०१ रनको शतकीय इनिङ खेले । यो उनको एकदिवसीय क्रिकेटमा ३५ औं शतक हो । यसै क्रममा उनले एकदिवसीय क्रिकेटमा १२ हजार रन पूरा गर्ने तेस्रो भारतीय ब्याटरको उपलब्धिसमेत हासिल गरे ।

​यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ४०५ रन बनाएको थियो । यो वेस्ट इन्डिजको एकदिवसीय क्रिकेट इतिहासकै सर्वोच्च टोलीगत स्कोर हो ।

​४०६ रनको लक्ष्य भारतले ४३.३ ओभरमै भेट्टाएपछि यो खेल एकदिवसीय क्रिकेट इतिहासकै दोस्रो ठूलो सफल ‘रन चेज’ बनेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।