२८ आश्विन २०८३, बुधबार

वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको शपथ ग्रहण स्थगित

अध्यक्ष ओली श्रद्धाञ्जली दिन भक्तपुर क्यान्सर अस्पताल जाँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण नेकपा (एमाले)ले आज आयोजना गरेको केन्द्रीय सदस्यहरुको शपथ ग्रहण स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारीका अनुसार आज दिउँसो ३ बजे पार्टी कार्यलय च्यासलमा आयोना गरिएको शपथ ग्रहण कार्यक्रम भोलि असोज १६ गते दिउँसो ३ बजेलाई सारिएको अधिकारीले जानकारी दिए ।

एमालेले असोज ५ देखि ८ गतेसम्म आयोजना गरेको केन्द्रीय कमिटीबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

यसैगरी, नेता बस्नेतलाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले बिहान दुवाकोट स्थित क्यान्सर अस्पताल पुग्नेछन् । बस्नेतको आजै साढे ८ बजे पशुपति आर्यघाटको विद्युतीय शवगृहमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए । पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेल जीवन बिताएका थिए ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराति उपचारका क्रममा निधन भएको हो ।